काठमाडौ। तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली प्रवेशद्वारा निर्माणका लागि शिलान्यास गरिएको छ। धर्मस्थली बजार जाने बाटोमा निर्माण गर्न लागिएको प्रवेशद्वारको शनिबार शिलान्यास गरिएको हो।
प्रवेशद्वारको तारकेश्वर नगरपालिका–६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।