गोरखा। भूगोलविद् डा.हर्क गुरुङको सम्झनामा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण गरिने भएको छ। डा.गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा.हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको हो।
उद्यान निर्माणका लागि ल्हेंगे तमु समाज बेलायतले डा.हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ।
समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी धर्मपत्नी मञ्जुले मस्र्याङ्दी–७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गरेका छन्।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले प्रतिबद्धता जनाए। तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब रु ६० लाख लाग्ने अनुमान रहेको बताएका छन्। पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ ।