पोखरा। कोरोना भाइरस संक्रमणका कारण लगाइएको स्मार्ट लकडाउनका कारण पोखरामा पर्यटकीय चाप आधाले घटेको छ। स्मार्ट लकडाउनपछि गण्डकी प्रदेशका पर्यटकीयस्थल फेवाताल लगायत अन्य ठाउँमा आउने पर्यटक घटेका हुन्।
तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ह्वात्तै घटेपछि पर्यटन व्यवसायमा निराशा छाएको छ । कास्की जिल्लामा स्मार्ट लकडाउन भएपछि पोखराको धार्मिक पर्यटकीयस्थल तालबाराही मन्दिर र फेवाताल घुम्न आउने पर्यटक पनि घटेका छन्। लामो समयको लकडाउन र कोभिड १९ का कारणले बेला बेला लकडाउन हुने कारणले ताल बाराही मन्दिरमा र फेवातालमा घुम्न आउने पर्यटकहरु संख्या घटेको हो ।
करिब दुई वर्ष पहिले र अहिले फेवाताल घुम्ना आउने पर्यटकहरुको संख्या कासी र गंगाको जस्तै भएको छ । विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक आउने क्रम भने रोकिएको छैन । लकडाउन हुनु भन्दा पहिले २९ टिप सम्म रहने तर आजभोली तिन टिप पनि गर्न गाह्रो भएको डुङ्गा चालक दिल बहादुर मगर बताउँछन् ।
पोखरा घुम्ने पर्यटकमध्ये धेरैका लागि पहिलो रोजाईमा पर्ने फेवाताल यसअघि हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरु ह्जारौँको हारहारीमा घुम्न आउने गर्थे तर अहिले डुङ्गा थन्किाउने अवस्थामा पुगेको डुङ्गा चालकको गुनासो छ। पर्यटक नभएपछि पर्यटकीय नगरी पोखराको प्रमुख गन्तव्य फेवातालकाृे किनारामा डुङ्गा चालक घाम तापेर दिन कटाउन बाध्य छन्।
पोखरामा पर्यटकको आगमनमा कमी आउनु र कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पछि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर स्मार्ट लकडाउन गरे पछि डुङ्गा चालक मारमा परेका हुन् ।