धनकुटा। धनकुटामा अवस्थित रहेको पाख्रिबास नगरपालिकाले राम्चे डाँडामा ग्रिन पार्क निर्माण गर्ने भएको छ। उक्त पार्क निर्माणको लागि पाख्रिबास नगरपालिकाले ठेक्काको लागि आह्वान गरेको छ। उक्त नगरपालिकाले नगर सौन्दर्यलाई बढाउने उधेश्यले पार्क निर्माण गर्न लागेको हो। पाख्रिबास नगरपालिकाले यो भन्दा अगाडी महिला सामुदायिक भवन निर्माण गरेको थियो। उक्त भवनको सञ्चालनको तयारी पनि गर्दै छ। पछिल्लो समय उक्त नगरपालिकाले एकपछि अर्को विकासका पुर्वाधारहरु निर्माण गर्दै आएको छ। उक्त कार्यले पाख्रिबास नगरपालिकाको मात्र नभएर धनकुटा जिल्लाकै विकासमा टेवा पुर्याउने छ। ग्रिन पार्क निर्माण भएपछि त्यहाँको स्थानीयलाई फुर्सदको समय विताउन साथै काम गरेर थाकेको समयमा त्यहाँ गएर आनन्द लिन पनि पार्क प्रयोग हुनेछ। उक्त पार्क बच्चादेखि लिएर बुढाबुढी मान्छेले पनि प्रयोग गरेर आनन्दको अनुभुति गर्न सक्छन।
पाख्रिबास नगरपालिकाले ग्रिन पार्क निर्माणको लागि करिब ६१ लाख भन्दा बढी लागत रकममा ठेक्का आह्वान गरेको हो। उक्त पार्क निर्माण हुने कुराले त्यस स्थानका बासिन्दाहरुको मुहारमा खुसि छाएको छ। ग्रिन पार्क आन्तरीक पर्यटनलाई पनि लक्षित गरेर निर्माण गर्न लागिएको हो। ग्रिन पार्क निर्माण पश्चात पाख्रिवास नगरपालिकाको मात्र नभएर पुरै जिल्लाको नै शान बढ्नेछ।