काठमाडौं। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो।
कोरोना बढी रहेको अवस्थामा पनी खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको जनाएको छ। कम्तीमा पनि १० दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने बताइएको छ।
दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति रु. १२ हजार तथा बडिमालिका पुग्न रु. ३० हजार लाग्ने भएको छ। खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको हो।
गतवर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो। हेलिकोप्टरमार्फत गतवर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए। जसले गर्दा पर्यटकलाई पनी सहज हुने र यस स्थानको आर्थीक क्षेत्र पनी राम्रो हुनको साथै उक्त क्षेत्रको अझै धेरै परिचीत हुनेछ।