कञ्चनपुर। सुदुरपश्चिम प्रदेश अनतर्गत भीमदत्त नगरपालीकाले महाकाली नदी साइडमा भ्युँ टावरको निर्माण गर्ने भएको छ। उक्त नगरपालीकाले भ्युँ टावरको ठेक्का महारुद्र निर्माण सेवालाई दिएको छ। सो कम्पनीले उक्त ठेक्का ६४ लाखको लगानीमा लिएको हो। भ्युँ टावरको निर्माण पछि महाकाली नदीको क्षेत्रमा आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि आउने वातावरण सिर्जना गर्न सकिने नगरपालीकाले जनाएको छ।
टावरको निर्माण पछि यस स्थानमा भएका अन्य प्राकृतिक सम्पदाहरुको पनि संरक्षण र प्रचारप्रसार हुने आशा गरिएको छ। भ्युँ टावरबाट सुन्दर दृष्य अवलोकन गर्न आउने मान्छेहरुले यस स्थानका अन्य सम्पदाहरुको पनि प्रचारप्रसार गर्ने भएका कारणले गर्दा उक्त स्थानमा निर्माण हुने टावरबाट स्थानीय विकासमा ठुलो सेवा पुग्नेमा स्थानीयले विश्वास गरेका छन्।