काठमाडौं। बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ। गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो।
साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो।नियमित रूपमा उडान हुने गरेकोमा अहिले यात्रुको अभाव बन्द रहेको बताइएको छ।
यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, मौसम खराबीका कारण ढिलो हुने र यात्रुले हवाई यात्रा नगरेको देखिएको छ। मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ।
१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ। बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ। १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयले बताएका छन्।