पुर्वाधारको काम गर्ने भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय र मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०७८।२०७९ मा काम नराम्रोसँग प्रभावित भएको छ। सडक निर्माणमा टेन्डर प्रकाशित गरेर जानुपर्ने समयमा अहिले सम्म पनि सरकारले बजेट पठाउन सकेको छैन।
केपी ओली नेतृत्वको सरकार विस्थापीत भएसँगै शेरबहादुर देउवा नेतत्वमा बनेको सरकारले पुराना बजेटलाई प्रतिस्थापन गरी नयाँ बजेट ल्यायो, उक्त बजेट आउनु भन्दा पहिला नै सरकारले लगभग २८ सयवटा सडक र पुलको टेन्डर प्रकाशित नगर्न निर्देशन दियो। उक्त निर्देशन पछि बजेटमा एक हजार चार सयवटा त्यस्ता सडक र पुलका योजनाहरु हटाइएको घोषणा गर्यो।
उक्त हटाइएका र नयाँ थप गरीएका योजनाहरु अहिलेसम्म पनि भौतीक मन्त्रालय हुँदै सडक डिभिजनकार्यालय सम्म पुगेका छैनन्। चालु आर्थिक वर्षको साढे दुई महिना वितिसक्न लाग्दा पनि अझै सडक र पुलको टेन्डर कहिले हुने निश्चित भएको छैन। कार्यालय प्रमुखहरुको सरुवा भौतिक मन्त्रालयले असोज १५ सम्म गरिसकेको छ। केही योजनाहरुमा काम भइरहेको भएपनि डिभिजन प्रमुख खाली हुँदा काम नै रोकीने अवस्था सिर्जना भएको छ।