काठमाडौं। बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ। विहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा उडान ठप्प भएको हो।
विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ।
मौसममा खराबी आएपछि देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेका छन्। पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन।