काठमाडौं। उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा बुद्ध पार्कको उद्घाटन गरिएको छ। तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा पार्कको उद्घाटन गरिएको हो।
कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो।पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ।
उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए।