पोखरा। करिब २२ अर्बको लगानिमा निर्माण कार्य थालिएको राष्ट्रिय गौरवको योजना पोखरा विमानस्थल निर्माणको कार्य हाल ८४ प्रतिशत सकिएको छ। कोरोना महामारीको कारण कामदार र सामाग्रिहरु समयमा नै व्यवस्थापन गर्न नसकेको कारणले गर्दा निर्माण कार्य समयमा नै सम्पन्न हुन नसकेकोे काररणले गर्दा ६ महिना म्याद थपेर निर्माण कार्यलाई अगाडी बढाएको छ। उक्त निर्माण कार्य चीनको सीएएमसी कम्पनीले समयमा नै काम सक्ने सर्तमा जिम्मा लिएको थियो तर कोरोनाको कारण समयमा काम सम्पन्न गर्न नसकेको कारणले म्याद थप्नु परेको कुरा उक्त कम्पनीले जनाएको छ।

पोखरा विमानस्थलको २ हजार ५ सय मिटर लम्बाई रनवे, ४५ मिटर चौडाईको रिजिट कंक्रिट पेभमेन्ट रहेको कारण उक्त विमानस्थलको धावन मार्ग अन्य क्षेत्रको भन्दा फरक रहेको आयोजनाको दावी रहेको छ। हाल ४१७/१२९ मिटरको क्षेत्रफलको अन्तराष्ट्रिय एप्रोन निर्माण भएता पनि भविश्यमा पुनःविस्तार गर्ने योजना अअनुरुप १५०/१५२ मिटरको जग्गा व्यवस्थापन गरीएको छ। उक्त विमानस्थलमा ८ हजार अन्तराष्ट्रिय र ६ हजार आन्तरीक पर्यटकको लागि, ११७ मिटरको कन्ट्रोल टावर, फायरफाइट्रिङ साथै एम्बुसेन्स पनि व्यवस्था गर्ने भएको छ। डिसेम्बरसम्म विमानमा आवश्यक पर्ने सम्पुर्ण सामान भित्रिसक्ने आयोजनाको दावी रहेको छ।
विमानस्थल निर्माण पश्चात पहिलो पटक आन्तरीक उडान सुरु गरी अन्तराष्ट्रिय हवाई उडानको संघ संस्थाहरुसंग समन्वय गरी एंव मान्यता प्राप्त भएसंगै अन्तराष्ट्रिय क्षेत्रका केहि देशहरुसँग सहकार्य गर्ने जानकारी दिइएको छ। पोखरामा हाल अन्तराष्ट्रिय सिमरा, विरगञ्ज र चीन गरी तीनवटा मात्र हवाई रुट रहेको छ।
पोखरा विमानस्थलको पुर्वपट्टिको भागमा वर्षाको कारणले गर्दा पहिरो गएको हुनाले केही बस्तीहरु जोखिममा रहेकोले उक्त समस्यालाई समाधान गर्नको लागि ३४ करोड बजेट आवश्यक पर्ने भएको छ। गत मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, भौतिक पूर्वाधार सहरी विकास यातायात व्यबस्थापनमन्त्री, अथृमन्त्री, उधोग पर्यटन, बाणिज्य तथा आपूर्तीमन्त्री आदीको टोलीले विमानस्थलको अवलोकन गरेका थिए। उक्त अवलोकनमा आयोजना प्रमुखले आयोजनाको गतिविधिको बारेमा जानकारी गराउनुका साथै चिनियाँ कम्पनीले डिसेम्बरमा विमानस्थलको काम सके पनि केहि प्राविधिक दायित्व नेपाल सरकारले गर्नुपर्ने जनाए।