काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न आन्तरिक छलफल गरेका छन्।
प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएर छलफल गरेका हुन्।
छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए। भुसालले २६ गते बस्ने संसद बैठक चलाउन कसरी जाने भन्नेबारे छलफल भएको बताएकी छन् । उनका अनुसार सबै पार्टीसँग छलफल र संवाद गर्ने कुरा पनि भएको छ ।
अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने देउवाको तयारी छ । त्यसका लागि संसदभित्र र बाहिर माहोल बनाउन उनले मन्त्रीहरु खाण, कार्की, बडू र सचेतक भुसाललाई निर्देशन दिएको बताइएको छ।