काठमाडौं। मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ। हिमपातका कारण यातायात अवरुद्ध भएका छन्।
बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ। जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिमपातका कारण जनजिवन कष्टकर बनेको छ।