काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन लिजको ठेक्का एवियोनले पाएको छ।एक महिना अघिदेखि दोहामा ग्राउण्डेड रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतको लागि लगिनेछ।
त्यहाँ एवियोनले उपलब्ध गराउने इन्जिनमार्फत उडान सुरु हुनेछ। निगमको इन्जिन मर्मत सम्भारका लागि न्यूनतम तीन महिना लाग्ने देखिएकोले त्यही अवधिका लागि कम्पनीसँग लिजमा लिइएको हो।
टेण्डर अवार्ड भएको पाँच दिनमै कम्पनीले इन्जिन उपलब्ध गराउने बताइएको छ। तीन महिनाका लागि करिब ६ करोड रुपैयाँमा लिज लिएको छ।