दैलेख स्थीत नारायण नगरपालीकाले पर्यटन विकासका लागी ऐतिहासीक कोत गढिको मर्मत र पुननिर्माण गरिने भएको छ। उक्त कोतगढिको पुननिर्माणको लागी बजेट समेत विनियोजन गरिएको बताईएको छ।
गढीलाई आकर्षक बनाउन यस वर्ष २५ लाख रुपैँया छुट्याइएको नारायण नगरपालीकाका प्रमुख प्रशासकीय अधिर्कत रेशमबहादुर बुढाले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाका नाममा रहेको कोतगढीलाई स्थानीय सरकारको मातहतमा ल्याउन प्रयास भइरहेको छ।
किंवदन्तीमा उल्लेख भएअनुसार परापुर्वकालमा पाँच भाई पाण्डवले सात दिन सात रात लगाएर कोतगढी बनाएका हुन्। उक्त गढीमा १३ वटा बुर्जा र शत्रुको निगरानीका लागी १३ वटै प्वाल बनाइएको छ। लगभग ७० मिटरमा फैलीएको उक्त गढी लगभग १२ फिट अग्लो छ।