काठमाडौं। चट्याङका कारण भैरहवा विमानस्थलको लाइटिङ पाथमा समस्या आएको छ। शुक्रबार भारी वर्षातका कारण चट्याङ परेपछि विमानस्थलको लाइटिङमा समस्या आएको हो।
लाइटिङमा समस्या आउँदा एक घण्टासम्म विमानस्थलमा प्रवेश हुने कुनै पनि जहाज अवतरण हुन सकेको थिएन। विमानस्थलबाट उडान भइरहे पनि लाइटिङमा आएको समस्याका कारण जहाज अवतरणमा भने समस्या भएको थियो।
यो गन्तब्यमा बुद्ध, यती, श्री, गुण लगायत विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।शुक्रबार मौसम प्रतिकुलताका कारण मुलुकको विभिन्न गन्तब्य तर्फका उडान अवतरण प्रभावित भएका छन्।