मकवानपुर। हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। राजपथ आज बिहानैबाट सञ्चालनमा आएको हो।
थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म अग्लो हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो।
इलाका प्रहरी कार्यालय पालुङका अनुसार जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको हो। सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुनः सञ्चालनमा आएका बताइएको छ।