काठमाडौं। कार्बन उत्सर्जन घटाएर हरित र दिगो अर्थतन्त्र निर्माणको लागि नेपाल र बेलायतको निजि क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्यको प्रयास भएको छ। नवीकरणीय ऊर्जामा हरित लगानी प्रबद्र्धन गर्ने उद्देश्यले पेरिस सम्झौताको अनुसार दुई देशविच सहकार्यको प्रयास भएको हो। अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्षले नेपालको हरित पूर्वाधारमा लगानी गरेर २०३० सम्म उच्चमध्यम आउ भएको राष्ट्रको स्तरमा पुग्ने तथा यसबाट लाभ लिने उद्देश्यमा सहयोग गर्न बेलायती लगानीकर्तालाई अनरोध गरेका छन्।
नेपालमा उत्पादन भएको स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार पनि कटौति गर्न सहयोग पुग्नेछ। उक्त कार्यमा नेपाल सरकारले सम्पुर्ण सहयोग तथा सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालमा रहेको अपार संभवनालाई उपयोग गर्न बेलायत र नेपालको लगानीकर्तालाई अपिल गर्दै उक्त क्षेत्रमा बैदेशिक तथा हरित लगानी आकर्षण तथा प्रबद्र्धन गर्न लगानी बोर्डको कार्यलय कटिबद्ध रहेको कुरा लगानी बोर्डका प्रमुखले जनाएका छन्। नेपालमा हरित लगानी सम्भव रहेको कारणले गर्दा उक्त क्षेत्रमा लगानी गर्नको लागि सहकार्य भएको हो।