पोखरा। गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन्। उनले शनिबार सो आयोजनाका अवलोकन गरेका हुन्।
माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको उक्त जलविद्युत परियोजनाको काम हाल तीव्र गतिमा अघि बढेको जनाइएको छ।
सेती नदी जलविद्युत आयोजनामा लगभग पाँच अर्बको लगानी हुने भएको बताइएको छ। उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ।