काठमाडौं। दाङ– सल्यान सडक खण्डमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण हुने भएको छ। त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्ने भएको हो।
तुलसीपुर कपुरकोट सडकमा पर्ने राम्री नजिकैको घुम्तिमा कम्पनीले मन्दिर निर्माण गर्न लागेको हो। राप्ति सेवा प्रबन्धक पुस्कर धितालले आईतबार बसन्त पञ्चमीको दिन पारेर एक कार्यक्रमका बिच सिलन्यास गरेका छन्।
यस अघि भयानक दुर्घटना भएको राम्रीदेखि पाँचसय मिटरमाथि घुम्तिमा रहेको खुल्ला स्थानमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न लागिएको बताइएको छ। उक्त स्थानमा सो कम्पनीले मिनिपार्कसमेत निर्माण गर्ने भएको छ।
उक्त स्थानमा कपुरकोट र दाङबाट समेत टिकटक र फोटो खिच्न जानेहरुको भिड हुने स्थल हो । ब्यबसायीहरुका अनुसार आन्तरिक पर्यटकका हिसावले पनि महत्पूर्ण क्षेत्र हो।