काठमाडौं। विष्णुमती नदीकिनारामा हरियाली पार्क बनाइने भएको छ। कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदीकिनारामा हरियाली पार्क बनाइने भएको हो।
करिडोरमा रहेको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार काठमाडौँ महानगरपालिकाले पार्क बनाउन लागेको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यद्धारा पार्कको सोमबार शिलान्यास भएको छ।
एक करोड २२ लाख लागतमा निर्माण हुन लागेको पार्क पहिलो चरणमा दुई रोपनी आठ आना तीन पैसा जमिनमा निर्माण हुँदै छ।