बागलुङ । बागलुङ –कुश्मिसेरा सडकखण्डमा अवरुद्ध भएको तीन महिनापछि मर्मत कार्य शुरु गरिएको छ । गत असारमा बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले बन्द सडकखण्ड तीन महिनापछि मर्मत शुरु गरिएको हो ।
सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरे पनि खासै चासो दिएर काम नगरेको स्थानीयको आरोप छ । तीन महिनासम्म पनि मर्मत कार्य नहुँदा जताजतैबाट टिकाटिप्पणी आउन थालेपछि नगरपालिकाले ठाडो तोक आदेश दिएर मर्मत शुरु गरेको हो ।
बागलुङ नगरपालिकाले सडक निर्माणका लागि जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैयाँ बिनियोजन समेत गरेको छ । उपभोक्ता समिति गठन गरी कामको थालनी गरेको छ ।
दक्षिण बागलुङ जोड्ने उक्त सडक लामो समयदेखि बन्द हुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्दै आएका छन् ।