इलाम। इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले आज परीक्षण उडान गर्ने भएको हो।
इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान शुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो।
विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो। कालोपत्र भएपछि भने यहाँ परीक्षण उडान भएको छैन।
विमानस्थलको आगामी फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलबाट फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ।