काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नागढुंगा सुरुङमार्गको अवलोकन गरेकी छन्। बुधबार सुरुङ मार्गको अवलोकन गर्न पुगेकी मन्त्री यादवले मार्गको कार्य प्रगतिबारे जानकारी लिएकी छन्।
मन्त्री यादवले सुरुङ मार्गको कार्य सन्तोषजनक रहेकोमा निर्माण कार्यमा संलग्न सबैको प्रशंसा गरेकी छन् । उनले निर्माण कम्पनीले कोरोना कहरका बाबजुद पनि निर्माण कार्य जारी राखेकोमा सन्तोष व्यक्त गरिन।
उनले स्थलगत भ्रमणका क्रममा सुरुङ मार्गमा प्रयोग भएका नयाँ प्रविधिहरुको बारेमा जानकारी पनि लिइन् । यस क्रममा प्रविधि तर्फ प्रयोग भएका नेपाली जनशक्ति अगामी दिन अन्य सुरुङ मार्गमा पनि परिचालन हुन सक्ने गरी सीप सिक्न नेपाली प्राविधिक टोलीलाई समेत गरिन्।
अनुगमनमा मन्त्री यादवसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, सहसचिव तुलसीनाथ गौतम लगायत कर्मचारी सहभागी थिए ।
अहिलेसम्म ठेक्काको भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । र केहि समस्या नभए समयमै सुरुङको सम्पूर्ण कार्य सम्पन्न गर्ने आयोजनाको भनाइ छ ।