लमजुङ। ग्रामीण कच्ची सडकको कारण लमजुङमा अधिकांश सवारी दुर्घटना हुने गरेको छ। लगभग ३ वर्षको अवधिमा उक्त क्षेत्रमा ४७ वटा ठुला सडक दुर्घटना भएको छ। यसै त कच्ची सडक त्यहिमा पनि सवारी चालकले मदिरा सेवन गरेर सवारी चलाउँदा अत्यधिक मात्रामा सवारी दुर्घटना हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा मात्र २० वटा सवारी दुर्घटना भएको छ त्यसमा ९ वटा सवारी साधनमा क्षति पुगेको छ। आर्थिक वर्ष ६६/७७ मा भन्दा ७७/७८ मा बढी सवारी दुर्घटना भएको छ।
ट्राफिकले समय समयमा सचेतना कार्यक्रम राखेको भएपनि सवारी दुर्घटनामा कमि आउन सकेको छैन्। लमजुङमा धेरैजसो ग्रामीण सडक भएको कारणले गर्दा सडक दुर्घटना अत्यधिक मात्रामा हुने गरेको कुरा प्रहरी कार्यलयका प्रमुखले जनाएका छ। त्यस्तै भौगोलिक सर्वेविना नै ग्रामीण भेगमा जताततै बाटो निर्माण गरेको कारणले सडकमा पहिरो जाने हुँदा पनि सवारी दुर्घटना हुने गरेको छ। साथै चालकले मदिरा सेवन गरेर सवारी चलाउदा अनि सवारीको क्षमता भन्दा बढी यात्रु बोक्नाले पनि सवारी दुर्घटनालाई निम्त्याउने गरेको छ।
चाडपर्व नजिकिएसँगै सवरी सुरक्षा अन्र्तगत ट्राफिक प्रहरीले राजमार्गको अनुगमन तथा छड्के निरीक्षणदेखि चोकचोकमा राती र दिउँसोको समयमा चेकिङ थालेको छ। चाडपर्वको बेलामा बढी भाडा असुल गरेको नगरेको, बढी यात्रु बोक्ने कार्यको निगरानी राखेको प्रहरी कार्यलयले जनाएको छ।