डडेल्धुरा। परशुराम बाबाको मुर्ति नेपाल-भारत सीमानाका परिगाउँमा निर्माण भइरहेको छ। सुदुपश्मि प्रदेशकै प्रमुख धार्मिक क्षेत्रका रुपमा रहेको परशुरामधाममा गुरुयोजना अनुसार पुर्वाधार निर्माण हुन थालेको हो।
भगवान् परशुरामको मुर्ति नेपाल सरकारको २० करोड लगानीमा निर्माण भइरहेको हो। उक्त क्षेत्रमा धर्मशाला, शौचालय, विभिन्न देवी देवताका मठमन्दिर निर्माण गर्ने काम भइरहेको छ। परशुरामधाम क्षेत्र विकास समितिका अध्यक्षका अनुसार परशुराम नगरपालीका ५ परिगाउँस्थीत महाकाली नदी किनारमा अवस्थीत परशुरामधाममा गुरुयोजना अनुसार भौतीक पुर्वाधार निर्माणको काम लगातार भइरहेको छ।
नेपालका चारवटा धाम मध्यको एक परशुरामधाममा शौचालय र सडक कालोपात्रे गर्ने काम पुरा भइसकेको छ। परशुराम नगरपालीकाका नगर प्रमुखका अनुसार धर्मशाला र भगवान् परशुरामको मुर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। पुर्वाधार निर्माणका लागी परशुरामधाममा ८० करोड रुपैयाँ बराबरको गुरुयोजना बनाइएको थियो।
पहिलो चरणमा नेपाल सरकारको करोडको लागतमा पुर्वाधारको निर्माण गर्न थालिएको हो। परशुराम क्षेत्र विकास समितिका सचिव वीरेन्द्र भण्डारीका अनुसार परशुरामभाममा पुर्वाधराको विकास भएपछि यस स्थानमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ। जसले गर्दा यस स्थानको आर्थीक क्षेत्रमा पनि टेवा पुग्ने आशा गरिएको छ।