केही साथीले नौंडाँडा होइन नागडाँडा भनेर लेख्नु भएको छ। हर्क गुरुङले पनि स्याङ्जाको नौंडाँडा कास्कीको नागडाँडा भनेर लेख्नु भएको छ। तर मसंग भएका पुराना दस्तावेजहरुमा कास्की नाउडाँडा नै लेखेको भेटेको छु। तसर्थ मैले पनि नौडाँडा नै लेख्ने गरेको छु।
कास्की नौडाँडा सयौं वर्ष देखी पोखराबाट दाना थाकखोला पुग्ने बाटो थियो। ८० प्रतिशत चिनिया सरकारको सहयोगमा करिव ६ वर्षको अवधीमा २०५१ असार ७ गते पोखरासंग बागलुङ जोडिने सडक तयार भएपछि नौडाँडाको पनि कायापलट भयो। सडक सञ्जालले छोएपछि पोखरा निकै नजिक भयो।
२०३२ सालको यो तस्विरमा नौडाँडा बजार देख्न सकिन्छ। पोखरा बागलुङ राजमार्ग यहि बजारबाट २० मीटर दाँयाबाट गएको छ। ४५ वर्ष अन्तरमा धेरै परिवर्तन भइसकेको छ नौडाँडा क्षेत्रमा। तर यो बजारमा भने खासै धेरै परिवर्तन भएको छैन।