काठमाडौं। गत सातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ। जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन आएको जानकारी दिएको छ। वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ।