काठमाडौं। विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएको छ। चरा ठोक्किएपछि विमान आकस्मिक अवतरण गरिएको हो।
विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको बताइएको छ।
त्यसलगत्तै एक राउन्ड घुमाएर जहाज अवतरण गरिएको थियो। विमानमा भने कुनै क्षति भएको छैन भने यात्रु पनि सबै सकुसल रहेका छन। उक्त एयरलाइन्समा २७ जना यात्रु रहेको जनाइएको छ।