काठमाडौं। हिमालयन एयरलायन्सले साउदी अरबको उडान पुनः सुचारु गरेको छ। फेब्रुअरी ९ देखि १२ सम्म दमाम र रियादका लागि एयरलायन्सले स्थगित गरेको उडान सुचारु गरेको हो। ।
साउदी सिभिल एभिएसनले उडान अनुमति दिएपछि नियमित फेब्रुअरी १३ देखि सुचारु भएको हो। एयरलायन्सले ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुले टिकटको रकम फिर्ता गरेको र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराएको थियो।
हिमालय एयरलायन्यसले बिक्री कार्यालयमा फेब्रुअरी १० का लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न आग्रह गरेको छ।
यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको र साउदी सिभिल एभिएसनसँग पनि समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ।