दाङ। दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि तुलसीपुर उद्योग वाणिज्य संघले ‘खुत्रुके’ अभियान सञ्चालन गरेको छ। राज्यले कुनै चासो नदेखाएको भन्दै संघले विमानस्थल विस्तार गरेर देखाउन ‘खुत्रुके’ अभियान शुरु गरेको हो।
संघका अध्यक्ष रामप्रसाद चालिसेले राज्यले विमानस्थल विस्तारमा कुनै चासो नदेखाएकाले जसरी पनि विमानस्थल विस्तार गरेर देखाउन यो अभियान शुरु गरेको बताए। उनले विमानस्थल विस्तारका लागि जस्ले जति सक्छ जम्मा गरिदिन आग्रह समेत गरेका छन्।
विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उनले बताए । अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गर्ने तयारी रहेको उनको भनाइ छ ।
आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खता सञ्चालनमा ल्याएको छ । संघका अध्यक्षले रु ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान शुरु गरेका हुन्।