इलाम। निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले आगामी ११ गतेबाट इलामको फाल्गुनन्द विमानस्थलमा नियमीत उडान शुरु गर्ने भएको छ। तारा एयर र इलाम नगरपालिकाको सहकार्यमा यो विमानस्थलमा सञ्चालनमा आउने भएको हो।
निर्माण भएको तीन वर्षपछि विमानस्थल सञ्चालनमा आउन लागेको छ। यसअघि ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएपनि हवाई इन्धन वृद्धि भएका कारण यसमा पुनरावलोकन गरिने योजना रहेको कम्पनीले जनाएको छ।
६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो।