भारत सरकारसँग अफगननिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न आग्रह गरेको छ।भारत सरकारलाई तालिबान सरकारका एक अधिकारीले पत्र लेखेर यो भन्दा अगाडीका सबै खालका हवाइ उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन्।
यो भन्दा पहिला अफगानिस्तानमा भारतले उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गत अगष्ट १५ पछि भारतले सबै उडानहरु बन्द गरेको थियो। तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए। तर केही दिन अगाडी पाकिस्तानले इस्लामावाद काबुल उडानलाई पुनःसञ्चालनमा ल्याएको छ। भारत मात्र नभएर अन्य देशहरुले पनि हाल उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।