भैरहवा। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार (भोलि) देखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ। राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको विमानस्थलमा भोलिदेखि १५ गतेसम्म परीक्षण उडान हुने भएको हो।
प्राधिकरणले गत मंगलबार नै सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । त्यसका लागि एरो थाइको जहाज फागुन ५ गते अर्थात आज काठमाडौंस्थित त्रिभुवन अन्तरराष्टि«य विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौंबाट भैरहवाका लागि उडान भरेर परीक्षण उडान गर्ने जनाइएको छ ।
गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ ।