जाजरकोट। कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युत् लाइन विस्तारमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। मन्त्री सिंहले नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशलाई विद्युत विस्तारको काम चाँडो सक्न निर्देशन दिएका हुन्।
४ वर्षअघि ठेक्का लगाएका कामहरू अहिलेसम्म पूरा नभएको भन्दै प्राधिकरणका प्रमुख शम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर समस्या समाधान गरेर चाँडो काम गर्न निर्देशन दिएका छन्।
४ वर्षअघि लागेका ठेक्काको काम वैशाखसम्म पूरा गर्नका लागि निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलवारले बताए । पहुँचको भरमा ठेक्का लिँदै बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत् लाइन विस्तारमा समस्या देखिएको छ।