मोरङ । शनिबार विराटनगरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी असोज १६ गते शनिबार विभिन्न स्थानका विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।
नयाँ आइसोलेटर स्वीच जडान, बिग्रिएको आइसोलेटर परिवर्तन, मर्मतसम्भार लगायतका काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर, बुढिगंगा र कटहरि क्षेत्रका विभिन्न स्थानका शनिबार फरकफरक समयमा केही घण्टाका लागि विद्युत अवरुद्ध हुनेछ ।
सूचना :
