चितवन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्नु पर्ने बताएका छन्। चितवनमा पत्रकारसँगको कुराकानीमा उपसभापति गुरुङले विभिन्न दललाई एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गरेका हुन्।
उनले नेताहरुले दैनिक एमसीसीका विषयमा आफ्नो बोलि फेरिरहँदा विदेशी निकाय सलबलाउन थालेको बताए।
उपसभापति गुरुङले भने, “एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ। हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् कि भन्ने मलाई लाग्छ ।”
उनले देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको बताएका छन्।