हुम्ला। हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा अविरल वर्षा पछि आएको बाढीले क्षति पुगेको छ । बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले बाढीले क्षतिग्रस्त पारेको उक्त क्षेत्रको निरीक्षण गरेको छ। दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको निरीक्षणपछि प्रमुख जिल्ला अधिकारीले बताउनुभयो।
हुम्लामा हाल विद्युत् सेवा अवरुद्ध भएको छ। बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ भने जनता अन्धकारमा बस्नुपर्ने अवस्था भएको छ। चाडपर्व नजिकीदै गरेको अवस्थामा बिजुली अवरुद्ध हुँदा नराम्रो लागेको स्थानीयको गुनासो रहेको छ। बिजुलीको अभावमा यहाँका कतिपय स्थानमा सञ्चार सेवा नै बन्द हुने हुँदा स्थानीय समस्यामा परेका छन्।