काठमाडौं। भारी असिना पानीका कारण अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको हो ।
सोमबार १० बजेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ। आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् ।
पोखरामा आइतबार अकस्मात अत्याधिक असिना पानी परेको थियो। असिना पानीका कारण हवाइ सेवाका साथै जनजीवन समेत प्रभावित बनेको थियो।