कञ्चनपुर । पाचौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव शुरु भएको हो ।
शुक्लाफाँटा निकुञ्ज प्राङगणमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गको प्रमुख आतिथ्यमा निकुञ्ज सहितका पर्यटकिय गन्तव्यको वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको हो ।
भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव उद्घाटन समारोहमा बोल्दै भीमदत्त नगरका प्रमुख मेयर सुुरेन्द्र विष्टले आन्तरिक पर्या पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवको उद्घाटनका दिन निकुञ्जको परिचय सहित विवित साँस्कृतिक कार्यक्तम सहित गरिएको छ ।कार्यक्रममो वोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले पर्यटन महोत्सवका माध्यमबाट निकुञ्जभित्र प्रवेस शुल्क घटाउनुपर्ने सुझाव दिदै यस क्षेत्रको उत्थानका लागी निजि क्षेत्रको महत्वपुर्ण योगदान रहेको बताए ।
पर्यटन व्यवसायी समेत रहेका पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्य प्रमानन्द भण्डारीले पर्यटन प्रर्बद्धनमा निजी क्षेत्रको समेत भूमिका हुने भएकाले समन्वयात्मक ढङगबाट अघि बढ्नुपर्नेमा जोडदिए ।
आगामी १५ फागुनसम्म संचालन हुने उक्त महोत्सवमा दोस्रो दिन रेडियो, एफएम मार्फत शुक्लाफाँटा सम्वाद, निकुञ्जको प्रचारप्रसार, तेस्रो दिन पर्यटकिय क्षेत्रमा सरसफाई तथा बाह्रसिङ्गा ब्राण्डिङ्ग कार्यक्रम, चौथोदिन पर्यटनबारे नागरिक सुुझाव संकलन, पाँचौँ दिन महेन्द्रनगर स्मारकमा पर्यटकिय प्रर्वद्धनबारे फोटो प्रर्दशनी, चित्रकला प्रतियोगिता, छैठौँ दिन शुक्लाफाँटा सहित नगरको पर्यटन विकास बारे साहित्यिक बहस र अन्तिम सातौँ दिन होमेष्टेमा पर्यटनबारे छलफल गरेर समापन गरिने छ ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिमको लोक छलिया, गौरा, भुवा र थारु नृत्य प्रस्तुत गरिएको थियो ।