काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । काठमाडौंस्थित टानको कार्यालयमा शुक्रबार आयोजित औपचारिक कार्यक्रमकाबीच अध्यक्ष खुमबहादुर सुवेदीले वेबसाइटको उद्घाटन गरेका हुन्।
टानको विगतका वेबसाइट सूचना कम दिने खालको भएकाले बढीभन्दा बढी सूचना तथा जानकारीहरु दिन सकियोस् र टानमा आवद्ध सदस्य एजेन्सीहरुले छिटो छरितो रुपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेशन गर्न सकोस् भन्ने उद्देश्य साथ नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
उनले यस वेबसाइटमार्फत् सदस्य एजेन्सीहरुले प्याकेज बेच्न, अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिने जानकारी समेत दिए । अध्यक्ष सुवेदीले टानको वेबसाइटमार्फत् विदेशीहरुलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।