काठमाडौं। आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसीमाथि छलफल गरिने उल्लेख गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।