काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–मस्को उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने बताएका छन्। रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवाससँगको भेटमा मन्त्री आले हवाइ उडानका लागि पहल गर्ने बताएका हुन्।
रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न मन्त्री आलेसँग आग्रह गरेका थिए।
विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन ।
भेटकै क्रममा रिवासले रसियल हवाइजहाज र हेलिकप्टर नेपाललाई केकति आवश्यक पर्छ सो विषयमा जानकारी समेत लिए ।
रिवासले राखेको कुरामा मन्त्री आलेले रसियन हवाई जहाज सुप १०० वित्तिय व्यवस्थापनसहित सहुलियत दरमा दिनसक्ने खण्डमा नेपाल एरलाइन्स सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए ।
उनले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक हेलिकप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाई रहेकाले उक्त कार्यका लागि रसियाको हेलिकप्टर कम्पनीसँग सहकार्य गर्न सकिने प्रतिबद्धता समेत जनाएको बताइएको छ।