सर्लाही। सर्लाहीको हरिपुरमा क्रसर उद्योगमा आगलागी भएको छ। हरिपुर–८ ठूलो जगतपुरस्थित सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा बिहीबार राति आगलागी भएको हो।
क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर भएको आगलागीबाट अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।