हेटौंडा । बागमती प्रदेशमा विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वान गरिने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।
आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दशैं अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको बताइएको छ ।
बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा २९ दशमलब ८३ प्रतिशत बढी रकमको बोलपत्र परेकाले उक्त बोलपत्र रद्द गरिएको थियो ।
पहिले आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने बताइएको छ ।