काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाजभित्र पासपोर्टबिना एक युवक पुगेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको जहाजभित्र पासपोर्ट, भिसाबिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको हो।
फागुन ९ गते भएको सो घटनाको अध्ययन गर्न मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ।
सहसचिव एवंम प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार समितिमा महानिर्देशकसहित ९ सदस्य छन् । यसअघि निगमले पनि बिहिबार घटनाको छानबिनका लागि उपसमिति गठन गरिसकेको छ ।