काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबुझाउने १ हजार ३१० ग्राहकको लाइन काटेको छ । प्राधिकरण विरगन्ज वितरण केन्द्रले महसुल लामो समयदेखि महसुल नतिर्ने ग्राहकको लाइन काटेको हो।
यी ग्राहकबाट १२ करोड ९९ लाख ७ सय ८२ रुपैयाँ असुल गर्न बाँकी थियो। केन्द्रले ८ महिनाको अवधिमा यी ग्राहकको लाइन काटी करिब ११ करोड ५६ लाख २८ हजार ९९९ रुपैयाँ विद्युत महसुल बक्यौता असुल गरेको छ।
महसुल बुझाउने ग्राहकको लाइन पुन जोडिएको छ । बाँकी ग्राहकले पनि जरीवानासहितको बक्यौता बुझाएपछि लाइन पुनःजोडिनेछ । यो अवधिमा हुकिङ गरेर विद्युत चोरी गर्ने ६३ जना ग्राहक पनि कारबाहीमा परेका छन् । कारबारीमा परेका उनीहरुबाट २९ करोड ३४ लाख ६ सय ७५ रुपैयाँ असुल गरिएको छ ।
१६ जना कालो सूचीका ग्राहकलाई समेत कारबाही गरिएको छ । बारम्बार ताकेता गर्दा र लामो सयमसम्म महसुल तिर्न नआउने ग्राहकको नाम कालो सूचीमा राखेर कारबाही गरिएको केन्द्रले जनाएको छ ।