काठमाडौं। बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम धमाधम भइरहेको छ। फागुन १ गतेदेखि शुरु भएको कालोपत्रको काम हालसम्म ३० प्रतिशत पूरा भएको हो।
फागुन मसान्तभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ। धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विभिन्न समस्याका बाजुत पनि विमानस्थलको धावनमार्गको कालापत्रेले तीब्रता पाएको निर्माण कम्पनीले जनाएको छ।
कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको कम्पनीले जनाएको छ । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो । कालोपत्रे निर्माणसंगै विमानस्थलको काम सम्पन्न हुँनेछ ।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुँने बताइएको छ।