गोरखा। धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक क्लाईम्बिङको रुट निर्माण गर्ने कार्म धमाधम भइरहेको छ। हुल्चुक र काशीगाउँबेसीमा यसअघि नै निर्माण भइसकेको रक क्लाईम्बिङको रुट अहिले धार्चेको विभिन्न स्थानमा धमाधम भइरहेको हो।
साहसिक पर्यटन प्रर्वद्धन गर्नका लागि धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक क्लाईम्बिङको रुट निर्माण गरिएको हो। हाल वडा नं ३ खोर्लाबेसी भीरमा रक क्लाइम्बिङका लागि रुट निर्माण गर्ने काम भइरहेको धार्चे पर्यटन प्रवद्र्धन समितिले जनाएको छ।
नेपाल पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष मुलाल गुरुङको नेतृत्वमा छ जना टिम रक क्लाईम्बिङका लागि रुट सेटिङको काम गरिरहेको बताइएको छ। साहसिक पर्यटकहरुका लागि खोर्लाबेसीको भिरमा रक क्लाईम्बिङ गर्न धेरै सहज हुने र ठाउँ पनि उपयुक्त रहेको बताइएको छ।
सो स्थान मनास्लु पदमार्गमा पर्ने भएकाले यहाँ पर्यटकहरुले रक क्लाईम्बिङको मज्जा लिन सकिनेछ । रुट निर्माणको काम सम्पन्न भएपछि रक क्लाईम्बिङका विभिन्न प्रतियोगिता पनि संचालन गर्न सकिने समितिले जनाएको छ।
धार्चे गाउँपालिकाको आर्थिक सहयोग, चुरेन हिमालको प्राविधिक सहयोग र धार्चे पर्यटन प्रवद्र्धन समितिको सहजिकरणमा रक क्याईम्बिङको रुट निर्माण भएको हो । रक क्लाईविम्बङको रुट निर्माणका लागि चालु वर्ष तीन लाख विनियोजन गरिउको गाउँपालिले जनाएको छ।