काठमाडौं। गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको हो।
अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन्। सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान नखुलेको बताइएको छ।
जनवरीमा अष्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाएको छ। जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन्।
कोरोना महामारीको बिचमा पनी यति धेरै पर्यटकले नेपाल भ्रमण गर्नु देश विकासको एउटा महत्वपुर्ण उदाहरण पनी हो।